लेटेस्ट न्युज
advertisement1

कोरोना अपडेट : ५१३ जना संक्रमित, ८ को मृत्यु

Maryada News 2021-10-23 18:15:33
कोरोना अपडेट : ५१३ जना संक्रमित, ८ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घन्टामा ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३१ नमूना परीक्षणमध्ये ४३८ पीसीआर र ७५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३४५ पुगेको छ । मन्त्रालयका अनुसार थप ८१७ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ । हाल मुलुकभर १० हजार ५५९ सक्रिय संक्रमित छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्