काठमाडौंः नेकपा एमाले स्थायी समिति बैठक आज पनि बस्ने भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ।
मंगलबार बसेकाे स्थायी समितिकाे बैठकले पार्टी एकतालाई कायम राख्न हदैसम्म लचिलो बन्ने बताएसँगै आज पनि बैठकमार्फत एकता कायम राख्न संवाद गरिने भएकाे हाे।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहले गरेकाे हस्ताक्षर फिर्ता लिए अध्यक्ष ओली नवाैं महाधिवेशनबाट निर्वाचित समिति व्युँताउन पनि तयार रहेकाे बताइएकाे छ। माधव नेपाल समूहले भन्दै आएकाे जेठ २ गतेकाे स्थितीमा फर्किन ओली तयार रहेकाे बताइएकाे छ।
आजकाे बैठकले यसबारे थप निर्णय गर्नेछ।
प्रतिक्रिया