लेटेस्ट न्युज
advertisement1

प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँः अध्यक्ष दाहाल

Maryada News 2021-05-26 11:37:22
प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँः अध्यक्ष दाहाल

काठमाडाैंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले जसरी नै सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताएका छन्। २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध उत्रिनु पर्ने बताएका हुन्। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न उनले आह्वान गरेका छन्। बृहद् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने भन्दै उनले द्वन्द्व र अहंकारले मानिसमा विनाश निम्त्याउने बताएका छन्। 

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पर्‍याएकाे योगदान नेपालीहरूका लागि गर्वको विषय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व शान्ति र मानव कल्याणका निम्ति बुद्धका उपदेश आज पनि उत्तिकै शाश्वत रहेको बताएका छन्।

अध्यक्ष दाहालले आजकै दिन परेको किराँत राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्