काठमाडौं : नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न शितल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्री ओली नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेका थिए । उनी झण्डै ४० मिनेट राष्ट्रपतिलाई भेटेर बाहिरिहएका हुन् ।
जनता समाजवादी पार्टीको महन्थ राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै राष्ट्रपतिलाई बुझाइसकेको जनाइएको छ । यद्यपि विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्।
प्रतिक्रिया