लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटनविरुद्ध रिट हाल्दै विपक्षी गठबन्धन, देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग

Maryada News 2021-05-24 10:39:58
प्रतिनिधि सभा विघटनविरुद्ध रिट हाल्दै विपक्षी गठबन्धन, देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग

काठमाडाैंः प्रतिनिधि सभा विघटनकाेविरुद्धमा रिट हाल्न साेमबार विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालत जाँदैछन्। साेमबार विपक्षीले कार्यालय समयकाे 'फर्स्ट आवर' मै रिट हाल्ने तयारी गरेका हुन्। 

आवश्यक सबै कागजपत्र आइतबार नै जुटाए पनि तीन बजेपछि रिट दायर नहुने भएपछि उनीहरू आज सर्वाेच्च जान लागेका हुन्। नेपाली कांग्रेससहित माओवादी कन्द्र, एमालेकाे माधव नेपाल समूह, जसपाकाे उपेन्द्र यादव समूह र राष्ट्रिय जनमाेर्चाका सांसदहरूले आज रिट दायर गर्ने भएका हुन्। 

एक सय ४९ जना सांसदहरूकाे हस्ताक्षरसहित रिट हाल्ने विपक्षी गठबन्धनकाे तयारी रहेकाे छ। रिट व्यक्तिगत रुपमा दायर गरिनेछ। 

रिटमा प्रतिनिधि सभा विघटन बदर हुनुपर्ने र एक सय ४९ सांसदहरूकाे हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरिने बताइएकाे छ।

राष्ट्रपतिले संविधानको धारा ७६ काे उपधारा ५ बमाेजिम सरकार निर्माणका लागि आह्वान गरिसकेपछि प्रक्रियासम्मत ढंगबाट परेकाे दाबीलाई इन्कार गर्न नमिल्ने बताउँदै देउवालाई प्रधानमन्त्री बनाइनु पर्ने माग गठबन्धनले अघि सारेकाे हाे।

गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको निरन्तरता असंवैधानिक रहेको ठहर गर्दै उनले प्रतिनिधि सभा विघटनको सिफारिस गर्न नपाउने दाबीसमेत अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्