लेटेस्ट न्युज
advertisement1

प्रदेश १ सभा बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने!

Maryada News 2021-02-07 10:23:39
प्रदेश १ सभा बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने!

काठमाडौं :  प्रदेश १ सभा बैठक आज (आइतबार) बस्दै छ। सभामुख प्रदीप कुमार भण्डारीले बैठक बोलाएका हुन्। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने सम्भावना छ। 

सत्तारुढ नेकपा दुई धारमा बाँडिएपछि केन्द्रको राजनीति प्रदेश हुँदै स्थानीय तहसम्म तातेको छ। यसको असर सबैभन्दा बढी प्रदेश १ मा देखिएको छ। आजको बैठकमा अन्य निर्धारित एजेन्डा तय भएको छैन। जसका कारण अविश्वास प्रस्तावमाथि नै छलफल हुन सक्ने बताइएको छ। 

सभामुख भण्डारीले आज दिउँसो २ बजेलाई प्रदेशसभाको बैठक डाकेका प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए।  अहिले बिहान ११ बजे भने प्रदेश सभाको कार्य व्यवस्था समितिको बैठक बस्ने पनि उनले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी  प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदहरूले राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेसँगै त्यसको भोलिपल्टै तीन मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्