काठमाडौं : नेपालमा कोरोना भाइरसका तीनवटा नयाँ भेरियन्ट सक्रिय रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागबाट गत हप्ता संक्रमित संक्रमितका ३५ वटा नमूनाहरू परीक्षण गर्दा नयाँ भेरियन्टको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको प्रयोगशालमा गरेको जिन सिक्विन्सिङबाट नयाँ भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल पत्ता लागेको नयाँ भेरियन्टले सबै समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयको भनाई छ । यससँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया