काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभर माैसममा सामान्य बदली हुने जनाएकाे छ। देशमा हाल पश्चिमी न्यून चापिय प्रणालीकाे प्रभाव रहेकाे र भारतमा रहेकाे ताउ-ते चक्रवात थप कमजाेर भइ न्यून चापिय क्षेत्रकाे रुपमा रहेकाले देशैभर आज माैसममा बदली हुने भएकाे हाे।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ का केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाकाे सम्भावना रहेकाे छ। त्यस्तै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ का थाेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाे छ।
तर सुदूरपश्चिम, बागमती, प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानमा भने भारी वर्षाकाे सम्भावना रहेकाे छ। यस्तै उच्च हिमाली भू-भागका केही स्थानमा पनि हल्का हिमपात तथा वर्षाकाे सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुराेध गरेकाे छ।
प्रतिक्रिया