लेटेस्ट न्युज
advertisement1

शिक्षा मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गराए सचेत

Maryada News 2021-06-29 20:12:06
शिक्षा मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गराए सचेत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई अबदेखि त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन् ।

कानुन मन्त्री लीलानाथ श्रेष्ठले मङ्गलवार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वयम् प्रहरी कार्यालय पुगेको र आफ्नै गाडीमा चढाएर लगेको प्रसङ्ग उल्लेख गर्दै कानुन कार्यान्वयनमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको बताएका हुन् ।

उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरे । मन्त्री श्रेष्ठले भने, ‘गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले (हाँस्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । तपाईँले गर्नुभएको काम ठिक भएन भन्नुभएको छ है । यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ ।’

सञ्चारकर्मी रूपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाण्डौ बबरमहलकी घरभेटी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्