लेटेस्ट न्युज
advertisement1

लिखित जवाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वाेच्चमा

Maryada News 2021-02-15 17:18:03
लिखित जवाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वाेच्चमा

काठमाडौं– अदालतको अवहेलना मुद्दा लागेपछि चार जना पूर्वप्रधानन्यायाधीशहरू सर्वाेच्च अदालतमा उपस्थित भएका छन् । अवहेलना मुद्दा लागेका पूर्वप्रधानन्यायाधीशहरू लिखित जवाफसहित अदालतमा उपस्थित भएका हुन् ।

मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई अवहेलना मुद्दा लागेपछि आज सोमबार आफैं उपस्थित भइ लिखित जवाफ पेश गरेका हुन् ।

गत पुष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधि सभा विघटन असंवैधानिक कार्य भएको र संवैधानिक दिशान्तरलाई मान्यता दिँदा संविधानको संरचना वा प्रावधानको दुरुपयोग हुन सक्ने भन्दै वक्तव्य जारी गरेका थिए । सोही वक्तव्य जारी भएपछि पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अदालतको अवहेलनाको मुद्दा लागेको हो ।

१५ माघमा मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्