लेटेस्ट न्युज
advertisement1

सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निः शुल्क उपचार गर्ने

Maryada News 2021-10-13 22:59:41
सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निः शुल्क उपचार गर्ने

काठमाडौं : सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने जानकारी गराएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्