काठमाडाैंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे स्थायी समिति बैठक बाेलाएका छन्। राजीनामा दिने तयारीमा रहेकाे पार्टीकै झलनाथ-माधव समूहलाई राजीनामा दिनबाट राेक्ने प्रयास स्वरुप बैठक बाेलाइएकाे बताइएकाे छ।
यसअघि ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल साेही विषयमा छलफल गर्न बिहीबार बिहानै नेता माधवकुमार नेपालकाे निवास पुगेका थिए। उनले नेपाललाई राजीनामा नदिन आग्रह गरेकाे बताइएकाे छ।
राष्ट्रपतिले आह्वान गरेकाे नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजे सकिँदै छ। त्यसअघि नै ठाेस निर्णय लिनुपर्ने बाध्यता भएकाले अध्यक्ष ओलीले एमाले स्थायी समितिको बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बाेलाएका हुन्।
प्रतिक्रिया