काठमाडाैंः झलनाथ–माधव समूहका सांसदहरु आज शुक्रबार तय भएकाे पार्टीको संसदीय दलको बैठकमा जाने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठकमा यसअघि झलनाथ–माधव समूहका सांसदहरु नजाने भनेका थिए।
यद्यपि, माधवकुमार नेपाल र भीम रावल स्वयं भने बालुवाटार नजाने भएका छन्। संसदीय दलकाे बैठकमा सहभागी हुने सांसदहरू पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा जाने तय भएकाे छ। आजको बैठकमा खनालले बोल्ने समय माग्ने र आफ्ना कुरा राख्ने भएका छन्।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका थिए। यद्यपि बैठक हालसम्म पनि शुरु भइसकेकाे छैन।
यस्तै बैठकमा नोट अफ डिसेन्ट राखेर फर्कने नेता सुरेन्द्र पाण्डेले बताएका छन्।
प्रतिक्रिया