लेटेस्ट न्युज
advertisement1

कोरोना संक्रमणबाट होम आइसोलेशनमै मृत्यु 

Maryada News 2021-05-10 16:27:18
कोरोना संक्रमणबाट होम आइसोलेशनमै मृत्यु 

काभ्रेपलाञ्चोक : कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् ।अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् । शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्