काठमाडौं : मानव अधिकारकर्मी तथा सामाजिक सामाजिक न्याय वकालतकर्ता नवराज शंकरको कोरोना संक्रमणबाट निधन भएको छ । उनको आइतबार बिहान विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । ३३ बर्षीय शंकरलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
इलामका अधिकारकर्मी शंकरले विभेदविरुद्धका विभिन्न अभियानकाे नेतृत्व गरेका थिए । अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य समेत रहेका शंकर नेकपा एमाले जिल्ला कमिटी इलामका सचिवालय सदस्य तथा कार्यालय सचिवका रुपमा कार्यरत थिए ।
प्रतिक्रिया