लेटेस्ट न्युज
advertisement1

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

Maryada News 2021-02-12 14:07:16
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

ताप्लेजुङ– अत्याधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकप्टर मगाएको सिरिजङ्घा–५ का वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए ।

हेलिकोप्टर आउञ्जेलमा बच्चा जन्मिए पनि रगत नथामिएपछि सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शान्ता लिम्बूको उपचार भइरहेको समेत उनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्