लेटेस्ट न्युज
advertisement1

रुवी खानलाई तत्काल रिहा गर्न दियो सर्वोच्चले आदेश

Maryada News 2021-10-14 20:58:29
रुवी खानलाई तत्काल रिहा गर्न दियो सर्वोच्चले आदेश

काठमाडौं : महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले  नेपालगञ्ज पु-याएको थियो ।

उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खानलाई रिहा गर्न आदेश दिएको हो ।

रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चले आदेश दिएको छ । न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ७ का स्थायी बासिन्दा रुवीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्