लेटेस्ट न्युज
advertisement1

हुलाकी राजमार्गकाे सिरहा खण्डमा कालोपत्रे शुरु

Maryada News 2021-05-09 12:39:33
हुलाकी राजमार्गकाे सिरहा खण्डमा कालोपत्रे शुरु

सिरहाः हुलाकी राजमार्गअन्तर्गत सिरहा खण्डमा कालोपत्रे शुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्रे शुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

सिरहा नगरपालिका–१९ देखि औरही गाउँपालिका–४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्रे सकिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनिका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिए। अन्य सडकखण्डमा समेत तीव्र रुपमा कालोपत्रे भइरहेको जनाइएको छ।

दुई लेनको उक्त सडक कालोपत्रे गर्न रू एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको कम्पनीका म्यानेजर यादवले बताए।

हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए। सडक निर्माण भएपछि तराईकाे विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सृजना हुने स्थानीयवासीको विश्वास छ। सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइँ छ।

यस्तै पूर्वराजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्रे गरिसकिएको निर्माण कम्पनि रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिए। बाँकी सडकमा समेत कालोपत्रे गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको छ।

करीब २५ किलोमिटरको सो खण्डमा हाल ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनकाे भनाइँ छ। विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम ढिलाे भएकाे कन्ट्याक्ट म्यानेजर यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्