लेटेस्ट न्युज
advertisement1

नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा

Maryada News 2021-07-07 11:56:55
नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवनः नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हाे।

यद्यपि सडकमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिराेका कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकाेमा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। आज बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पहिराेले सयौँ सवारी साधन रोकिएका छन्। सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्