लेटेस्ट न्युज
advertisement1

जातीय छुवाछुत तथा विभेद मुद्धाका फरार ३ प्रतिवादी पक्राउ

Maryada News 2021-02-15 17:44:57
जातीय छुवाछुत तथा विभेद मुद्धाका फरार ३ प्रतिवादी पक्राउ

काभ्रे : जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।  आइतबार दिउँसो उनीहरुलाई  कोभ्रेको पाँचखाल नगरपालिका ६ बाट  पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-६ का ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठ रहेका छन् । 

पाँचखाल नगरपालिका-६ स्थित यात्रु प्रतिक्षालयमा २०७४ माघ १ गते पीडितलाई दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेको घटना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनको २०७६ असार १६ गते जनही ४ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी भएको फैसला पश्चात फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई जिल्ला अदालत धुलिखेलको आदेशले बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्