लेटेस्ट न्युज
advertisement1

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार हुँदै

Maryada News 2021-04-30 12:27:05
पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार हुँदै

काठमाडाैंः पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ। कोरोना भाइरस सङ्क्रमण भई नर्भिक अस्पतालमा उपचाररत शाहको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाकाअनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो। अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ।

उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ। यस्तै उनकी छाेरी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजन दिनुपरेको छैन।

तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्