काठमाडौं : पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको सरकारले जनाएको छ । अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको र जटिल लक्षण धेरै देखिएका बिरामीहरूमा मृत्यु पनि धेरै हुने सम्भावना रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको दताइएको छ। गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको स्मरण गर्दै अहिले सबैलाई रोगको संक्रमण, उपचारको बारेमा थाहा भएकाले समस्या नहुनेमा मन्त्रालय विश्वस्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।
प्रतिक्रिया