लेटेस्ट न्युज
advertisement1

पीसीआर जाँचकाे शुल्क बढी लिएमा परीक्षणकाे सूचीबाट हटाइनेः स्वास्थ्य मन्त्रालय

Maryada News 2021-04-27 16:41:18
पीसीआर जाँचकाे शुल्क बढी लिएमा परीक्षणकाे सूचीबाट हटाइनेः स्वास्थ्य मन्त्रालय

काठमाडाैंः पीसीआर परीक्षणकाे शुल्क ताेकिएकाे भन्दा बढी नलिन सरकारले निर्देशन दिएकाे छ। मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै केही निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणका लागि तोकिए भन्दा बढी शुल्क उठाएको गुनासो आएकाले बढी शुल्क नलिन निर्देशन दिएकाे हाे।

यस्तै ताेकिएकाे भन्दा बढी शुल्क लिएमा त्यस्ता प्रयाेगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ।

सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि दुई हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्