काठमाडौं : कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको कोरोनाविरुद्धको खोप आज नेपाल ल्याइदैछ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोना खोप काठमाडौं आइपुुग्ने जानकारी दिएका हुन्।
कोभ्याक्स कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो। भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो।
प्रतिक्रिया