काठमाडाैंः काेराेना भाइरसविरुद्धकाे तीन लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ। बिहान ११ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्किस एयरलायन्सको विमानबाट खाेप नेपाल आइपुगेकाे हाे।
भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप काेभ्याक्सले खरिद गरेकाे हाे। काेभ्याक्स विश्व स्वास्थ्य संगठनकाे खाेप कार्यक्रमकाे नाम हाे।
खाेप लिन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र विभागीय सचिव लक्ष्मण अर्याल लगायत मन्त्रालयका उच्च अधिकारीहरू पुग्नेछन्। उनीहरूलाई युनिसेफ नेपालका प्रतिनिधिहरूले खोप हस्तान्तरण गर्ने कार्यक्रम छ।
काेभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले ६० लाखभन्दा धेरै जनताका लागि कुल १ करोड २० लाख डोज खोप नि:शुल्क पाउने तय भएकाे छ। साेही अनुसार विभिन्न चरणमा खोप उपलव्ध गराइने बताइएकाे छ।
प्रतिक्रिया