काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर २९९ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १५१ वटा नमुनाको परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, २४ घण्टाभित्र ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेकोे छ ।
बिहीबार २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया