काठमाडौं : शनिबार एकैदिन १ सय ६५ वटा सडक निर्माणको सिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्विच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
दुई हजार दुई सय १० किलोमिटर सडक दुई लेनको र कालोपत्रे हुनेछ । यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको सडक विभागले जनाएको छ ।
अहिले शुभारम्भ भएका १६५ वटा सडकमध्ये कतिपयको विस्तृत आयोजना प्रतिवेदन एवम् अन्य आवश्यक वातावरण अध्ययन भइसकेका छन् भने कतिपय अझै हुन सकेका छैनन् । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउन ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रतिक्रिया