लेटेस्ट न्युज
advertisement1

नेपालको आर्थिक विकासमा भारतबाट फाइदा लिन नसक्नु विडम्बना 

Maryada News 2021-11-12 21:41:54
नेपालको आर्थिक विकासमा भारतबाट फाइदा लिन नसक्नु विडम्बना 

परासी : आर्थिक रूपमा विश्वमै उदाइरहेको छिमेकी मुलुक भारतबाट नेपालले आर्थिक रूपमा फाइदा लिन नसकेको यस क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् । नेपाल भारत मानव विकास एवं मैत्री संघ तथा नेपाल भारत मैत्री जनजागरण अभियानको आयोजनामा आज परासीमा आयोजित नेपालको आर्थिक विकासमा नेपाल  भारतबीच साझा अवधारणा विषयक बिचार गोष्ठीका वक्ताहरूले सो धारणा राखेका हुन । 

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सूर्य भुसालले गरेका थिए भने प्रमुख अतिथि सांसद तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल रहेका थिए। कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर श्नरेन्द्रकुमार गुप्ता, प्रदेश शभा सदस्य बैजनाथ जैसवाल , शिव शंकर राय, नगर उपप्रमुख रम्भा कुवंर लगायतले आफ्ना विचार राखेका थिए ।  सभाको उद्घोषण संस्थाका लुम्बिनी प्रदेश संयोजक  टेकबहादुर थापाले गरेका थिए । 

यसैवीच आजै भैरहवामा पत्रकार भेटघाटमा अध्यक्ष भुसालले आफ्नो संस्थाले नेपालको ७३ जिल्लामा छलफल र अन्तरक्रिया गरेर भारतसँगको सम्बन्ध र नयाँ कार्यक्रम कस्तो बनाउने भनी साझा धारणा बनाउने तयारी द्रुत रूपमा बढिरहेको बताएका छन्। अध्यक्ष भुसालले आगामी दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लुम्बिनीसम्म ल्याउन आवश्यक पहल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्