लेटेस्ट न्युज
advertisement1

चैतभित्रै गाडी भाडा नबढाए सवारी साधन थन्क्याउने चेतावनी

Maryada News 2021-03-18 17:24:36
चैतभित्रै गाडी भाडा नबढाए सवारी साधन थन्क्याउने चेतावनी

काठमाडौं : पेट्रोलियम पदार्थको भाडा लगातार बृद्धि भएपछि यातायात व्यवसायीहरुले चैतभित्रै भाडादर बढाउन माग गरेका छन् ।  बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । 

चैत तेस्रो सातासम्म भाडादर नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने पनि व्यवसायीहरुले चेतावनी दिएका छन् ।  मंगलबार मात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको थियो । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय  बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । 

यसअघि निगमले फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्