लेटेस्ट न्युज
advertisement1

जन्मिएको केही दिनमै आमासँग बिछोडिएकी पुष्पा यस्ती भइन्

Maryada News 2021-03-29 11:13:54
जन्मिएको केही दिनमै आमासँग बिछोडिएकी पुष्पा यस्ती भइन्

चितवनः जन्मिएको केही दिनमै आमासँग बिछोडिएकी १५ महिने पुष्पाको स्याहारसुसार वन्यजन्तु प्राविधिक लालबहादुर महताराले गर्दै आएका छन्। पुष्पालाई उद्धार गरेर ल्याएपछि उनको हेरचाहमा महतारा नियमित रुपमा खटिँदै आएका छन्।

माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा उनी जम्मा १२ दिनकी थिइन्। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लगायतको टोलीले उनलाई तमासपुर क्षेत्रको दलदलबाट उद्धार गरेको थियो। दलदलबाट उद्धार गरेर माउसँग भेट हुने आशमा पुष्पालाई दुई दिन सोही ठाउँको सुरक्षित स्थानमा राखिएको भए पनि माउ लिन नआएपछि पुष्पालाई माघ ५ गते सौराहा लिएर आइयो।

पुस महिनामा जन्मिएकी र केटी भएकाले उनको नाम पुष्पा राखिएको हेरचाहमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक लालबहादुर महताराले बताए। “उद्धार गर्दा १२ दिनकी पुष्पा अहिले करिब १५ महिनाको पुगेकी छिन्”, महताराले भने, “शुरुदेखि नै मैलेमात्रै हेरचाह गरेको भएर होला अरुसँग खेल्न र चर्न जान मान्दिनन्।” उद्धार गर्ने बेलामा पुष्पाको टाउको मात्रै बाहिर निस्किएको थियो भने बाँकी शरीर पूरै दलदलभित्रै फसेको महताराको भनाइ छ।

तस्बिरः टेकराज पोखरेल

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्