कोरोनाको दोस्रो लहर जति तेजजगतिमा फैलिएको छ त्यो भन्दा बढी तेज गतिमा सरकारका बैठक वार्ता भएका छन् । संघमा, प्रदेशमा, पार्टीगत तहमा दिनहुँ म्याराथन बैठक बसेका छन् । आम जनतालाई लाग्न सक्ला सरकारले महामारीको महासङ्कटमा आफ्नो अभिभावकत्वको जिम्मेवारी पुरा गर्दैछ । जनताबाट नेताप्रति अपेक्षा राख्नु स्वभाविक हो । वास्तवमा जनताको लागि सरकारले गर्न काम भनेको असहज स्थितिमा कसरी हुन्छ सहजता सृजना गर्ने हो । गरिब मजदुर तथा समस्यामा परेका जनताको आलो घाउमा मलम लगाउने हो ।
सबै कोणबाट अहिले देश सङ्कटमा छ । राष्ट्रको आर्थिक अवस्था एकदम नाजुक रहेको छ । आयआर्जनका सबै स्रोतहरु बन्द भएका छन् । यता महामारीले दिनहुँ हजारौँको सङ्ख्यालाई सङ्क्रमित बनाएको छ । सयौँ अक्सिजन , आइसियुको पर्खाइमा बसेका छन् । विडम्बना सयौँलाई कोभिडले मारेको छ ।यस्तो अवस्थामा सरकारले गर्ने बैठक वार्ताबाट धेरैले आशा राख्नु जायज पनि छ । दिनहुँ एकपछि अर्को बस्ने सरकारका बैठकको मूल बिषय जनताका समस्यालाई कसरी समाधान गर्न हुनुपर्ने हो । नत्र यो महामारीमा सरकारका बैठक के को लागि ? जनताले सोचेका छन् , अभावले थला परेका आफन्तजनले अब सहज रूपमा अक्सिजन आपूर्ति पाउने छन् । रातारात अस्पतालमा आइसियु भेन्टिलेटर थपिने छन् ।
बिरामीको अभावका कारण अकालमा मृत्यु हुनेछैन । गरिब दिनदुखीलाई भोकै बस्नुपर्ने छैन । वार्ता बैठकका वाद पक्कै यो महासङ्कटमा त्यस्तै हुनुपर्ने हो । तर विडम्बना यदि आम जनताले त्यसो सोचे भने, सरकारबाट त्यस्तो अपेक्षा राखे भने, उक्त आशा भरोसा सरासर भ्रम हुनेछ । हिजोआज सरकार आफ्नै काममा व्यस्त छ । सपथ सत्ता कसरी टिकाउने, धर्म कर्ममा कसरी रमाउने, मठमन्दिर कसरी सजाउनेमा रमाइरहेको छ । सरकार प्रमुख भर्चुअल उद्घाटनमा मस्त छन् । उसका पार्टीका नेता आन्तरिक कलह मिलाउन बैठकमा व्यस्त छन् । सत्तारूढ , विपक्षी दलका नेता पनि लोभ लालचको खेलमा रुमलिएका छन् । जनता भने अस्पतालका शय्यामा अक्सिजन नपाएर छट्पटी ढलेका छन् ।
अवस्था एकदम दर्दनाक र कहालीलाग्दो छ । मानिसले हार खाने र मृत्यु पर्खनुको विकल्प रहेन अब । तर सरकार प्रमुख प्रधानमन्त्री त्यो ठाडै अस्वीकार गरिरहेका छन् । उनी त हामीसँग मिडियामा आएजस्तो अभाव नभएको बताउँछन् । अस्पतालमा बेड छन् भनी ठोकुवा दाबी गरिरहेका छन् ।
तितो सत्य के हो भने नेपाल अहिले गहिरो स्वास्थ सङ्कटको सामना गरिरहेको छ । स्वास्थ्य सामाग्रीको अभावका कारण बिरामीले उपचार पाइरहेका छैनन् । एकातर्फ कोभिड सङ्क्रमितको संख्याले दिनहुँ रेकर्ड बनाइरहेको छ भने अर्कोतर्फ अक्सिजन, आइसियु-भेन्टिलेटर तथा बेडको अभाव दिनानुदिन बढेको छ । अस्पतालका शय्या कोभिड-१९ का बिरामी थेग्न नसक्ने अवस्था देखिएको छ ।
कतिपय अस्पतालले नयाँ बिरामी लिन नसक्ने बताइसकेका छन् । बिरामी लिइरहेका अस्पतालले पनि कुर्सी ,चिसो भुइँमा , स्टेचरमा उपचार गराउन विवश छन् । मानिस उपचारको निम्ति कसैको मृत्यु होला र आफ्नो उपचारको लागि बेड पाइएला भनेर अस्पताल बाहिर कुरेर बसेका धेरै छन् ।
अवस्था एकदम दर्दनाक र कहालीलाग्दो छ । मानिसले हार खाने र मृत्यु पर्खनुको विकल्प रहेन अब । तर सरकार प्रमुख प्रधानमन्त्री त्यो ठाडै अस्वीकार गरिरहेका छन् । उनी त हामीसँग मिडियामा आएजस्तो अभाव नभएको बताउँछन् । अस्पतालमा बेड छन् भनी ठोकुवा दाबी गरिरहेका छन् । सरकार, सत्तारूढ दल, विपक्षी दल आ-आफ्नो स्वार्थका निम्ति सत्ताको घिनलाग्दो खेल खेलिरहेका दृश्य दिनहुँजसो मिडियाबाट प्राप्त हुने गरेको छ । बैठक वार्ताको खेल खेल्न माहिर नेता सत्ता र लालचको खेलमा व्यस्त छन् । सत्तारूढ दल नेकपा एमाले, विपक्षी कांग्रेस, माओवादी र जसपाका नेताहरूको मुख्य ध्यान अहिलेको विकराल अवस्थामा पनि कसरी हुन्छ सत्ता र शक्तिमा टिकिरहने ।
कुन बाटोबाट जाँदा, कसलाई ल्याउँदा, कसलाई निकाल्दा आफ्नो सत्ता टिकाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित रहेको नेताका गतिविधिबाट पुष्टि भएको छ । नेताका बैठक जनताको लागि नभई व्यक्तिगत पार्टीगत स्वार्थको निम्ति हुने गरेका छन् । सरसरती हेर्दा वर्तमान परिपेक्षमा देशका नेता भनिएकाले जनताका समस्याबारे सोचेका छैनन् । कसरी हुन्छ महामारीबाट छुटकारा पाउने, जनतालाई कसरी हुन्छ सहजता सृजना गर्ने विषयमा नेताहरुको ध्यान गएको छैन । धेरै कोणबाट कोभिड महामारीमा अहिलेको नेतृत्त्व रमिता हेरिरहेको भान भएको छ ।
महामारीले घेराबन्दीमा परेको देशमा रातारात सरकार ढाल्ने प्रयत्न गरिन्छ, सांसद किनबेच हुन्छ, कोही अपहरण हुन्छन्, केहीले पार्टी परिवर्तन गरेका छन् त केही अस्पतालका आइसियुमा भेटिन्छन् । राजनीतिक विवादै विवादकाबिच सपथ ग्रहण समारोह हुन्छ, मन्त्रीमण्डल गठन हुन्छ, कोही थपिन्छन् , कोही निकालिन्छन् । तर जनताका सवालमा नेताहरू मौन हुन्छन् । जब नेताको पदमा समस्या आउन थाल्छ तब रातदिन नभनी बैठक बसेका छन् , छलफल गरेका छन् , जस्तोसुकै हर्कत अपनाएर आफ्नो पद शक्ति जोगाउन लागिपरेका छन् । यसबाट के पुष्टि हुन्छ भने नेता आफ्नो व्यक्तिगत ,पार्टीगत लोभलालचमा रुमलिएका छन् । जनताका समस्यालाई थाती राखेर शक्तिको लडाईमा व्यस्त रहेका छन्, त्यो उनीहरूका गतिविधिबाट प्रष्ट हुन्छ ।
दिनहुँ बस्ने बैठकबाट त्यो पुष्टि हुन्छ । बैठक सत्ताको खेलको लागि रहेछ । सरकार सत्ताको खेल खेलिरहेको बेला खाडी मुलुकबाट मनकारी नेपाली मजदुरले आफ्नो गाँस कटाएर अक्सिजन पठाएर छन् । ठाउँ ठाउँमा स्थानीयको अग्रसरतामा स्थानीय तहमा चन्दा संकलन गरि आइसोलेसन सेन्टर बन्दैछन् । आर्थिक हिसाबले विपन्नलाई खाना खुवाउने, रासन पानीको व्यवस्था गर्ने सहयोगी हातहरु देखिएका छन् । तर राज्यको बागडोर सम्हालेका नेताहरु भने उद्घाटन समर्थन बहुमतमा भुलेका छन् । जुन अस्वाभाविक असान्दर्भिक र आम नेपाली जनताको आवश्यकता तथा विश्वासलाई घात हुने कार्य हो ।वास्तवमा नेताका यस्ता गतिविधि यो अवस्था हुनु निन्दनीय र गैरजिम्मेवारीपूर्ण छन् । यो समय राजनीति गर्ने उपयुक्त समय होइन । कसरी हुन्छ सङ्कटलाई समाधान गर्ने हो । राजनीतिका लागि समय छ, सङ्कट समाधानपछि जति गर्दा पनि हुन्छ तर यो महामारीमा जनताको सेवा गर्नुपर्छ ।
वर्तमान राजनीतिक चित्रबाट जनता आजित भएका छन् । प्रायः सर्वसाधारणमा कस्ता कस्ता नेतालाई चुनिएछ भन्ने पश्चाताप भएको छ । पश्चाताप नहोस् पनि कसरी आफ्नो घर टोल छिमेकमा मानिस अभावका कारण ज्यान गुमाइ रहेका छन् ।
नेपाली नेताका गतिविधिले राजनीतिलाई लाजनीति बनाएको छ । एकाध नेता बाहेक अधिकांश राष्ट्रिय नेताहरु, प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, महन्त ठाकुर यो महामारीको महासङ्कटमा सत्ता लुछाचुँडी, अल्पमत, बहुमतको लाजमर्दो खेलमा रुमलिएका छन् । आजको मितिसम्म पनि यी प्रथम श्रेणीका नेताबाट आफ्नो जिल्ला , निर्वाचन क्षेत्रमा कुनै प्रभावकारी कार्ययोजना बुनेको देखिँदैन । नेताको गतिविधिले उनीहरूमा एकरत्ति लाज नभएको स्पष्ट पारिदिएको छ । नेताको काम सङ्कटमा नेतृत्वदायी भूमिका खेल्ने हो । जनताका पीर मर्कामा मलम लगाउने हो । जनतालाई आफ्नो मत यस्तै सङ्कटमा सहायता नेताबाट मिल्छ भन्ने आशा रहन्छ नकि अल्पमत र बहुमतको खेल खेल्ने हो ।
वर्तमान राजनीतिक चित्रबाट जनता आजित भएका छन् । प्रायः सर्वसाधारणमा कस्ता कस्ता नेतालाई चुनिएछ भन्ने पश्चाताप भएको छ । पश्चाताप नहोस् पनि कसरी आफ्नो घर टोल छिमेकमा मानिस अभावका कारण ज्यान गुमाइ रहेका छन् । अझ भनौँ नेताको गैरजिम्मेवारपूर्ण भूमिकाका कारण बिरामीले अकालमा मृत्यु वरण गर्नुपरेको धेरै जनताको बुझाइ छ । बिरामीको मृत्युमा जति कोरोना भाइरस जिम्मेवार छ त्यो भन्दा बढी राजनीतिक दलका नेता जिम्मेवार छन् ।
राज्यले चाहने हो भने गर्न नसक्ने होइन, भुटानले जनताको जीवर रक्षा गर्न सक्छ , सङ्कटमा समाधान दिनसक्छ भने नेपालले कि सक्दैनन् ? तर विडम्बना हाम्रो लाजनीतिले मानवीय संवेदनाको खिल्ली उडाएको छ । अभावमा रमिता देखिएको छ । सत्ताको लाजमर्दो खेल खेलिएको छ । जसकारण आज दिनहुँ सयौँ मानिस मृत्यु शय्यामा छन् । नेताज्यू लाजनीति कति खेलिरहने रु अब त केही सोचौँ । सङ्कटमा सहयोग नगरे कहिले गर्ने । जनताका अभिमतको अपमान नगरौँ, इतिहासले कदापि माफी दिनेछैन ।
-मिमबहादुर परियार
प्रतिक्रिया