लेटेस्ट न्युज
advertisement1

जुत्ता - चप्पल किन्दा ध्यान दिनुपर्ने यी ५ कुराहरु...

Maryada News 2021-04-01 22:02:32
जुत्ता - चप्पल किन्दा ध्यान दिनुपर्ने यी ५ कुराहरु...

एजेन्सी : जुत्ता चप्पल मानिसका अनिवार्य आवश्यकता हुन् । जसले खुट्टाको सुरक्षा त गर्छ नै हिडडेलमा समेत सहजता ल्याउँछन् । यद्यपि जुत्ता चप्पल पनि बजारमा अनेक प्रकारले दैनिक रुपमा फरकफरक तरिकाको डिजाइनमा आइरहेका हुन्छन् । जुत्ताचप्पलको प्रयोगले हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।

असहज, कसिला, अग्लो हिल, आफ्नो खुट्टामा नमिल्ने जुत्ताचप्पल लगाउनाले ढाड र खुट्टाको समस्या आउँछ। त्यसैले जुत्ता-चप्पल किन्दा झिलिक्क राम्रो देखिने मात्र नहेरेर सहज हुने छान्नुपर्छ। जुत्ता-चप्पल किन्दा मुख्य रूपमा यी ५ कुरामा ध्यान दिन आवश्यक हुन्छ :

 १. उमेरसँगै आफ्नो जुत्ता- चप्पलको साइज फरक पर्ने हुनाले आफूलाई ठिक्क हुने मात्र किन्नु पर्दछ ।

२. जुत्ता -चप्पल दगुर्न, सामान्य हिँडडुल र अफिसका लागि बनाइएको जुत्ता एकै साइज भए पनि आफूलाई नमिल्न सक्छ। त्यसैले किन्नुअघि लगाएर, हिँडेर हेर्ने गर्नुपर्दछ ।

३. दुवै जुत्ता दुवै खुट्टामा मिल्छ भन्ने निश्चित गरेर किन्नु पर्दछ ।

४. जुत्ता -चप्पल किन्नुअघि त्यसलाई लगाएर यताउता हिँड्ने। लगाउँदा चिप्लिए जस्तो, हल्लिएजस्तो हुनु हुँदैन।

५. आफ्नो खुट्टाको आकारजस्तो छ, त्यस्तै जुत्ता-चप्पल किन्ने। खुट्टा मोटो भए पातलो खालको जुत्ता नकिन्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्