लेटेस्ट न्युज
advertisement1

के जातीय विभेद अन्त्य दलित समुदायको मात्रै मुद्धा हो ?

के जातीय विभेद अन्त्य दलित समुदायको मात्रै मुद्धा हो ?

तिमी यो देशको प्रधानमन्त्री बन्यौ। हामी बोल्ने कुरामा के नयाँ कुरा भयो र ? फेरि भन्छौ। बोल्न सक्ने भयौ। हामीले नै गर्दा बोल्ने भयौ। हामीले गर्दा तिम्रो अधिकार आएको हो। कस्तो अचम्म लाग्छ। कुन स्थानमा बोल्न दिएका छौ र ? हामी बोल्नै नसक्ने अरु प्राणी हो र ? एकछिन, रचना सुनदास, प्रिन्सा रेग्मी र साईरनको भिडियो हेर अनि सुन त। ती नानीहरुलाई पनि तिमीले नै बोल्न सिकाएको हो ? भलै ती नानीहरुको एक भिडियोले तमाम मानिसहरुको जीवनमा सकरात्मक सन्देश दिन सकिरहेको छ। 

आम मानिसलाई प्रेरणा दिएको छ।  अनि तिम्रो सिकाईले कस्तो सन्देश दिँदैछ समाजमा ? यस तर्फ फर्केर कहिले हेरेका छौ कि हामिले ? के सिक्दैछ समाजले तिम्रो सिकाईबाट हत्या हिंसा बाहेक ? कस्तो सिकाई हो तिम्रो ? यो गणतान्त्रिक मुलुकमा बाँच्न पाउन नदिने ? पदको आडमा उत्पीडित समुदायका युवाको हत्या पछि तिम्रो पावर सो हुनुले पूर्वबाट उदाउनुपर्ने घाम पश्चिमबाट पो उदाउने हो कि जस्तो आम उत्पीडित दलित समुदायलाई महसुस गराईदिएको छ ।  अझै भन्दै हिड्छौ । दलितहरु पहिलाको भन्दा बोल्ने भएका छन्। त्यही भएर होला। रुकुम नरसंहार हत्याकाण्ड माओवादीकै पाटीबाट वडाध्यक्ष बनेका व्यक्तिको संलग्नतामा सुनियोजित ढङ्गबाट ऐतिहासिक नरसंहार घटना घट्यो।

पीडितलाई न्याय दिने कुरै छैन। राजनीतिक पावर, पद को दुरूपयोग गरे। मन गढन्ते कुतर्क गरेर न्यायको विपक्षमा उभिए। अनि कसरी हुन्छ जातीय विभेदमुक्त समाज ? कसरी हुन्छ घटनाको निष्पक्ष अनुसन्धान र पीडितले न्याय पाउँछन।

न्यायिक अनुसन्धान भन्दा अगाडि व्यक्तिगत अनुमानले घटनाका पीडितले न्याय नपाउने कुरामा सङ्काको तरङ्ग फैलियो। घटनाको अनुसन्धान प्रहरीले गर्न नपाउँदै कथित माओवादी कमरेड पूर्वानुमान गर्न भ्याउँछन्। घटना यसरी घटेको भन्दै ठोकुवा गर्दछन्। पीडितलाई न्याय दिने कुरै छैन। राजनीतिक पावर, पद को दुरूपयोग गरे। मन गढन्ते कुतर्क गरेर न्यायको विपक्षमा उभिए। अनि कसरी हुन्छ जातीय विभेदमुक्त समाज ? कसरी हुन्छ घटनाको निष्पक्ष अनुसन्धान र पीडितले न्याय पाउँछन। नवराजसँगै गएका साथीहरुले विभिन्न मिडियामा भनेकै छन्, ‘रुकुम सोती गाउँका वडाध्यक्ष डम्बर मल्ल लगायत गाउँलेहरुले लखेटी लखेटी हँसिया, दाउरा, मुढाले हानेर मारेका हुन् भन्ने समाचार पनि बाहिरयो। पत्रकारलाई समेत घटनाको समाचार प्रकाशन नगर्न भन्दै जनार्दन शर्माले धम्क्याएको कुरा समाजिक सञ्जालमा बाहिरियो। त्यतिमात्र होइन। माओवादी पार्टीका पूर्व गृहमन्त्री जनार्दन शर्माले २०७७ जेष्ठ १३ गते संसदमा रिपोर्टिङ गर्दै नवराज लगायतका व्यक्ति भेरीमा हाम फालेर मरे भने।

यो कस्तो रिपोटिङ हो ? बेपत्ताहरुको अवस्था सार्वजनिक हुन बाँकी नै थियो। मृतकको शव पोस्टमार्टम भएकै थिएन।यस्तो नालायक रिपोटिङ पीडितले न्याय पाउने विश्वासमा शङ्का नहुने कुरा नै छैन। यस कुराबाट के बुझ्न सकिन्छ, भने माओवादी पार्टीभित्र यस्ता तानाशाही प्रवृत्ति हिंस्रक नेतालाई असल कार्यकर्ता भनेर स्वीकारेको छ। जनता अन्यायमा पर्दा न्यायको सट्टामामा अन्याय गर्ने कार्यकर्ता जनार्दन जस्ता कार्यकर्तालाई माओवादी पार्टीले अहिले पनि कारवाही गर्न सकेन।

यो  सिङ्गो दलित समुदायले जति पनि दश वर्षे जनयुद्धमा बगाएको रगत, गरेको बलिदान र दिएको साथमाथि प्रतिक्रान्तिको सुरुवात भयो।  जनताका छोराछोरी यो देशको प्रधानमन्त्री बन्ने व्यवस्था भएको मेरो देशमा दलितको एउटा छोराले गैरदलित केटीसँग प्रेम सम्बन्ध तिम्रो खोक्रो क्रान्तिकारी विचारले स्विकार्न सकेन। र त हत्याको सजाय दियौ। सारा दलित समुदायको लागि कालो दिन स्थापित ग-याै।  के यही हो परिवर्तन ? यही हो सामाजिक न्याय ? यही हो लोकतान्त्रिक प्रक्रियाको अभ्यास ? यस्तै हुन्छ, बोल्न सक्ने अधिकारको सुनिश्चितता ? यस्तै हुन्छ तिमीले भनेको सामाजिक न्याय ? यसरी नै समाज रुपान्तरण हन्छ ? जबकि दश वर्षीय जनयुद्धको प्रसिद्ध उद्गमस्थल रुकुममा लाई पहिलो अस्वीकार्य अन्तरजातीय प्रेम सम्बन्धमाथि प्रतिक्रान्तिको स्थल रुकुम भनेर चिनायौ।

अब भन कसरी भन्छौ। बोल्न सक्ने भयौ भनेर ? तिमी यो देशको प्रमुख पद खाएर फेरि त्यही पदको लागि दौडधुप गरिरहेकै छौ। उत्पीडित वर्ग र समुदायको निम्ति रगत बगाउनेले ती महान् सहिदहरुको चित्कार सुन्न सकेनौ रु आफू मरेर तिमीलाई स्थापित गर्ने कुरा सामान्य हो ? उत्पीडित समुदायमाथि विभेदको दलन गर्न अझै छुट छ तिमीलाई।  पद र पावरको शक्ति प्रदर्शन गर्न रगत  बगाएर  यो राज्यको हालीमुहाली भएकै अवस्थामा नवराज विक दलित भएकै कारण हत्याको सिकार भए । आजपनि नवराजको बुबा आमा न्यायको निम्ति सास्ती खेपिरहेका छन्। 

काठमाडौंमा पद नपाएर रुकुममा मयूर नाचको मेला लगाउन पुग्ने जनार्दनले घटनाका पीडितलाई भेटेर सान्त्वना समेत दिन सकेनन्। घटनाका पीडित के बोल्न सके रु छोराहरूको हत्या भएको आलो घाउसँगै प्रशासन निकाय पुग्दा उल्टै पुलिसको लठ्ठी खाए। तिमी त छाती फुलाएर सांसद पदको अहम् भूमिका बाँध्न, घटनालाई गलत प्रमाणित साबित गर्न सदन पुग्यौ, झुट बोल्यौ। उल्टै पीडितहरु तिम्रो पावर सो देखेर डराएर बस्नु पर्यौ। न्याय पाउने आश नै हरायो। 

कानुनभन्दा माथि नै भएर बोल्यौ। किनकि अझैपनि अन्तरआत्मादेखि विभेद भनेको निकृष्ट र अमानवीय व्यवहार हो भन्ने बुझाईमा गहिरो खाडल रहेको देखियो नि । यो पुर्ने कसले ? हामी परिवर्तनका चर्का नारा घन्काउनेहरुले ? सरकारले या कसले ? हामी सबैको दायित्व होला नि समाजमा रहेको विभेदको खाडल पुर्ने तर यस्तै हुन्छ जनता प्रतिको बफादरी ? उत्तरदायित्व ? राजनितिक संरक्षण ? ती आमा बाबुलाई छोरा गुमाएको पीडा छँदैछ।

तिमीले युद्धमा होमिएको बदला तिम्रा दाई, भाइ, बहिनी, ज्वाइँ तल्लो निकाय देखि माथिल्लो निकायसम्म पावर पद स्थापित गरेर सेटिङ्ग मिलायौ। यो लोकतान्त्रको फाईदा तिमीले लियौ। न तिमीले विभेद भोग्नु पर्छ। न अपमान। न त हत्या हिंसा। अनि जे बोले पनि तिम्रै कुरा लागू हुन्छ सेटिङ तिम्रै छ। त्यसैले अन्यायमाथि कुल्चिएर बोल्ने आट गर्छौ। तर दलित समुदायले त्यही युद्धमा रगत बगाएको बदलामा के पाए ?

त्यसैमा मनगढन्ते रिपोटिङ गर्न आफूलाई क्रान्तिकारी ठान्ने नेता जनार्दन शर्मा काठमाडौं पुगे। लौ न अब भन, तिमीलाई त्यो सदन सम्म पुगेर झुठा रिपोटिङ गर्न सक्ने। त्यसरी सदनमा बोल्न सक्ने। तिमीलाई रगत बगाएर त्यो स्थान दिने दलित को हुन् । तिमीलाई त्यो स्थानसम्म पुगेर बोल्न सक्ने बनाउने दलित समुदाय के हो तिम्रो लागि ? सदनमा आएर त्यसरी बोल्न सक्ने को भयोरु त्यहाँ कोही दलित थिए र ? थियौ त तिमी त्यहि दलितको ढाडमा टेकेर बन्दुक पड्काउन सिकेका, तिमी त्यही निरङ्कुश तानाशाही प्रवृत्तिको सिकाईले हुर्किएका शासक थियौ। नवराज विक लगायत ६ जना युवाहरु भेरीमा हाम फालेर मरेका हुन् भन्ने तिम्रो त्यो दम्भले, त्यो ब्राह्मणवादी प्रवृत्तिले हामीलाई कहाँ बोल्न दियो ? प्रमाण नष्ट गर्न तिम्रो पावरको प्रयोग गर्यौ। तिम्रो शासनको अगाडि के बोल्न सक्यौँ र हामी ? नेपाली राजनितीमा दलित समुदायले गरेको योगदान फगत बन्यो।  

तिमीले युद्धमा होमिएको बदला तिम्रा दाई, भाइ, बहिनी, ज्वाइँ तल्लो निकाय देखि माथिल्लो निकायसम्म पावर पद स्थापित गरेर सेटिङ्ग मिलायौ। यो लोकतान्त्रको फाईदा तिमीले लियौ। न तिमीले विभेद भोग्नु पर्छ। न अपमान। न त हत्या हिंसा। अनि जे बोले पनि तिम्रै कुरा लागू हुन्छ सेटिङ तिम्रै छ। त्यसैले अन्यायमाथि कुल्चिएर बोल्ने आट गर्छौ। तर दलित समुदायले त्यही युद्धमा रगत बगाएको बदलामा के पाए ? जहाँ समाजमा आफ्नो परिचय र प्रेमको स्थापित गर्न हत्याको सामना गर्न बाध्य छन ? फेरि भन्छौ  लोकतान्त्रिक मूल्य मान्यता कुरा।  उत्पीडित समुदायको निम्ति व्यवस्था फेरिएको अनुभूति गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम नरसंहार हत्याकाण्ड आफ्नै पार्टीका कार्यकर्ता डम्बर मल्लले सुनियोजित घटाउँदा माओवादी पार्टीगत रुपमा कुनै कारवाही प्रकृया अघि बढाएन। न त जनार्दनले रुकुम घटनाको गलत रिपोटिङ गर्दा पनि प्रचण्डको कुनै प्रतिक्रिया दिएनन् बरु मौन बसे। अझै भन दलितलाई यत्तिको बोल्ने बनाएको माओवादी पार्टी हो ? फेरि भन दलितमाथि हत्या हिंसा गर्ने तिम्रा कार्यकर्ता बनायौ कि दलितलाई बोल्ने बनायौ।

अवहेलना, विभेद, सामाजिक बहिष्कार दैनिक जीवनमा उस्तै छ। यस्ता सामाजिक मुद्धामा सरकार किन निरीह र गैरजिम्मेवार बन्छ ? जातीय  विभेदको महसुस समेत गर्दैन। वर्तमान सरकारको कार्यकालमा  जातीय विभेद अन्त्य गर्नै नसकिने यो राष्ट्रघाती मुद्धा हो ? समाज विरोधी मुद्धा हो ? प्रत्येक पार्टीको लागी राजनिति गर्नकै लागि राजनितिक मुद्धा बनेको जातीय विभेदको मुद्धा आजका दिनसम्म किन नयाँ रुप लिन सकेन ?

पार्टीको एउटा कार्यकर्ताले त्यो घटना व्यक्तिले घटाएको हो भने खै कारवाहीको घोषणा गरेको ? पद नपाएर रोडमा तड्पिएर हिड्ने नेपालका ठूला राजनैतिक दल कुर्सीको मात्रै कुरा गर्छन्। यस्तै अत्याचारको सिमा दलितहरुले लोकतान्त्रिक मूल्यमान्यताको प्रत्याभूत कसरी गर्न सक्छ। नेपाली भूमिको सिमाभित्र कुनै शरणार्थीलाई समेत नगरेको व्यवहार दलित समुदायलाई गरिँदै आएको छ। यो युगमा पनि दलितहरुको आत्मसम्मानको हत्या भईरहेको छ। अवहेलना, विभेद, सामाजिक बहिष्कार दैनिक जीवनमा उस्तै छ।

यस्ता सामाजिक मुद्धामा सरकार किन निरीह र गैरजिम्मेवार बन्छ ? जातीय  विभेदको महसुस समेत गर्दैन। वर्तमान सरकारको कार्यकालमा  जातीय विभेद अन्त्य गर्नै नसकिने यो राष्ट्रघाती मुद्धा हो ? समाज विरोधी मुद्धा हो ? प्रत्येक पार्टीको लागी राजनिति गर्नकै लागि राजनितिक मुद्धा बनेको जातीय विभेदको मुद्धा आजका दिनसम्म किन नयाँ रुप लिन सकेन ? समाजिक कलङ्कको रुपमा रहेका जातीय विभेदले समृद्ध नेपालको यात्रालाई सहज बनाउन सक्ला र ? यस्ता कुप्रथाहरू हटाउन नसकिने भए राणा शासनकै समयमै चन्द्र शमशेरले दास प्रथा र सती प्रथा अन्त्य यरेको इतिहास हामी सामु ताजै छ।प्रजातन्त्रपछि ४३औँ प्रधानमन्त्री मध्ये कुनैले जातीय विभेद हटाउने कुरै छाडौँ कुनै अभियानको सुरुवात नै गरेको छैन।

अन्ततः नेपाल सरकारको नारा सुखी नेपाली समृद्ध नेपाल भन्ने अभियानको अस्तित्वभित्र दलितहरुको आत्मसम्मानको कदर हुनुपर्दछ। निरङ्कुश शासन व्यवस्थाले स्थापित गरेको वर्णव्यवस्थाको अन्त्य तत्कालीन कम्युनिष्ट सरकारले गर्नुपर्दछ। यदि जातीय विभेद अन्त्य गर्ने कुनै प्रयत्न गरिएन भने, जातीय विभेद र छुवाछुतकै नाममा दलित समुदायले अपमान, विभेद र हत्या खेप्नु पर्ने हो भने यो देशमा प्रजातन्त्र आएपश्चातका जति पनि सबै प्रधानमन्त्रीले शिर झुकाएर छातीमा हात राखेर समाज रुपान्तरणका कलङ्क भएको महसुस गर्ने बेला आयो। 

प्रजातन्त्रदेखि लोकतान्त्रिक शासनसम्म एउटा नागरिक किन विभेदको सिकार भयो सोच्नु पर्दछ। त्यतिमात्र होइनन्। नेपाली सबै शासनकाललाई अध्ययन गर्दा कम्युनिष्ट सरकारकै पालामा लज्जास्पद कुरा के छ, भने ऐतिहासिक रुकुम नरसंहार हत्याकाण्ड कुन पार्टीका कार्यकर्ताले घटाए, कुन सरकारको पालामा दलित समुदायमाथि जातीय विभेदको नरसंहार हत्याकाण्ड भयो भन्ने यो इतिहास पछिल्ला आउने पिँढीले समेत पढ्ने छन्।  त्यसपछि कम्युनिष्ट सरकाले बोल्दै आएको सामाजिक रुपान्तरणको कुरामा यस्तै घटनाहरु एक उदाहरण बन्नेछन्। इतिहासमा जातीय विभेदको कलङ्कको टीका लाग्ने गणतान्त्रिक नेता कार्यकर्तालाई लागेको छ। र लागिरहनेछ। त्यसैले जातीय विभेदलाई अन्त्य गर्ने नेपाल सरकारले समयमै आँट गर्नुपर्दछ। आम दलित समुदायलाई समाजिक न्यायसहित आत्मसम्मानसहित जिउने वातावरण निर्माण गर्न नेपार सरकार स्वयं जिम्मेवार बन्नुपर्छ।

- दिपा नेपाली

त्रिभुवन विश्वविद्यालय,कीर्तिपुर, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

37.5%

खुसी

12.5%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्