काठमाडौंः राष्ट्रिय सभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन्। गत फागुन १५ मा नेता पन्तले सार्वजनिक कार्यक्रममा वलीविरुद्ध अशाेभनीय टिप्पणी गरेकाले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।
वलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूमाथि मानहानी भएकाे र अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन्।
रघुजी पन्तले आफ्नाे अभिव्यक्तीले कसैलाई चाेट पुर्याउन नचाहेकाे भन्दै माफी मागेका थिए। उनले माफी मागे पनि वलीले अदालतमा मुद्दा दायर गरेकी हुन्।
यस्ताे थियाे पन्तकाे अभिव्यक्तीः
‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन्। तर तिनले टिकट पनि पाएनन्। कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्।’
प्रतिक्रिया