लेटेस्ट न्युज
advertisement1

म्यानमारमा सेनाको गोली लागेर एक नेपाली भाषीको मृत्यु

Maryada News 2021-03-08 19:36:17
म्यानमारमा सेनाको गोली लागेर एक नेपाली भाषीको मृत्यु

काठमाडौं : म्यानमारमा विरोध प्रदर्शनका क्रममा सेनाको गोली लागेर एक नेपाली भाषीेको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय नेपालीभाषी सानोभाइ विश्वकर्मा रहेको बीबीसीले जनाएको छ । उत्तरी म्यानमारको एक सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँचदिनपछि उनको शव परिवारलाई बुझाइएको छ ।

पाँचदिनअघि विश्वकर्मालाई सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए । लगत्तै प्रहरी चौकीमा पुगेर म्यानमारस्थित नेपालीले विश्वकर्माको खोजी र सोधपुछ थालेका थिए । सोधखोजमा विश्वकर्मालाई पक्राउ नगरिएको दाबी गरेपनि सुरक्षाकर्मीले पाँचदिनपछि शव परिवारलाई बुझाएका हुन् । उत्तरी सहर सानको मुसे सहरमा झन्डै १०० नेपालीभाषीको बसोबास छ ।

गत माघ १९ गते म्यानमार सैनिकले जननिर्वाचित सरकार अपदस्थ गरेर सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले म्यानमारमा सैनिक शासन लगाएको छ । सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन् । मुसेमा बसोबास गर्ने नेपालीभाषीले मृतक विश्वकर्माको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।

झन्डै ५ करोड ४० लाख जनसंख्या भएको म्यानमारमा १ लाख २५ हजार हारहारीमा नेपालीभाषी भएको साझा संस्था अखिल म्यानमारदेशीय गोर्खा हिन्दू धार्मिक संघले बताउँदै आएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्