लेटेस्ट न्युज
advertisement1

हत्या अभियोगमा बंगलादेशमा ५ जनालाई मृत्युदण्ड

Maryada News 2021-02-16 17:53:41
हत्या अभियोगमा बंगलादेशमा ५ जनालाई मृत्युदण्ड

काठमाडौं : बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये एक दोषीलाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो । त्यसक्रममा सबैभन्दा पहिला अभिजित रोयको हत्या भएको थियो । अभिजित रोयले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए ।

यसअघि केही दिन अघि मात्रै अभिजित रोयको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । (एजेन्सीहरुको सहयोगमा)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्