लेटेस्ट न्युज
advertisement1

म्यान्मार भूकम्प परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४

Maryada News 2025-03-30 08:36:10
म्यान्मार भूकम्प परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४

एजेन्सी, म्यान्मारमा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको परकम्प आएको थियो ।

भूकम्पले म्यान्मारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यान्मारमा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मार सरकारले विज्ञप्तिमा जनाएको छ ।

उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्