लेटेस्ट न्युज
advertisement1

अमेजनका मालिकले बनाए फेरि अर्को रेकर्ड

Maryada News 2021-07-07 20:45:23
अमेजनका मालिकले बनाए फेरि अर्को रेकर्ड

एजेन्सी : संसारकै सबैभन्दा धनी व्यक्ति को हो ? सबैलाई जवाफ थाहा छ अमेजनका मालिक जेफ बेजोस । तर, उनै बेजोसका नाममा अर्को एउटा रेकर्ड पनि बनेको छ, त्यो हो मानव जातिकै इतिहासमा सर्वाधिक बढी सम्पत्ति भएका व्यक्ति । अहिले बेजोसको सम्पत्ति २११ अर्ब डलर छ । उनको कम्पनी अमेजन डटकमको शेयर मूल्यमा ४.७ प्रतिशतले वृद्धि भएसँगै उनको नाममा यो नयाँ रेकर्ड कायम भएको हो । उनलाई यसरी उप्रिमाथी थुप्रीको भाग्य भने पेन्टागनले गरेको एउटा निर्णयले भएको हो । 

अमेरिकी सुरक्षा केन्द्र पेन्टागनले यसअघि माइक्रोसफ्ट कर्पोरेशनसंग गरेको क्लाउड कम्प्युटिङ सम्बन्धी सम्झौता रद्द गर्‍यो । सन् २०१९ मा माइक्रोसफ्टलाई दिएको १० बिलियन डलरको ठेक्का सम्झौता अमेरिकी सरकार र माइक्रासफ्टबीच लामो समयसम्म कायम दरारकारबिच रद्द भएको हो । 

यससँगै अमेरिकी सरकारले माइक्रोसफ्टको प्रतिद्वन्द्वी अमेजनलाई काम दिने योजना बनाएको संकेत प्राप्त हुनासाथ उनको कम्पनीको शेयर मूल्यमा ठुलो उछाल आएको थियो । यसअघि गएको जनवरीमा टेस्ला कम्पनीका मालिक एलन मस्क विश्वका सर्वाधिक धनिका रूपमा रहँदा उनको सम्पत्ति २१० अर्ब डलरमा पुगेको ब्लुम्वर्कले जनाएको छ । अहिले बेजोसले त्यो रेकर्ड तोडेका हुन् । 

त्यसो त मंगलबारका दिन टेस्लाको शेयरमा ठुलो गिरावट आउँदा अहिले एलन मस्कको सम्पत्ति १८०.८ अर्ब डलर रहेको छ । उनी दोस्रो स्थानमा रहेको छन् भने तेस्रोमा फ्रान्सका लग्जरी वस्तुहरूका व्यापारी म्यागनेट बर्नाड अर्नाल्ड छन् । उनको सम्पत्ति १६८.५ अर्ब डलर रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्