- शान्ता कार्की
- छोरी जन्मदा, अहो ! लक्ष्मी आईन् भनिन्छ। छोरी हुने आमाको कोखमा लक्ष्मीले बास गरेको हुन्छ भनिन्छ। ती आमाले कहिल्यै दुःख पाउँदिन भनिन्छ। तर दाेश्राे सन्तान पनि छोरी नै जन्मियो भने चाहिँ त्यही छोरी पाउने आमालाई छोडेर छोरो पाउने आमा खोज्छन् मान्छेहरू। छाेरी कहिल्यै पूर्ण हुनै सक्दिनन् जस्ताे गर्छन्। खाेइ छोरीको आमाको भाग्य?
वास्तवमा छाेरीकाे भाग्य नै हुँदैन, उसले आफैं काेर्नुपर्छ।
हाम्राे समाजमा छोरीलाई पढाइ लेखाइ सक्षम बनाए पनि सँगसँगै उसलाई 'तिमी छोरी हौ' भन्ने संस्कार पनि दिइन्छ। अलि ठूली भएर छोरीले आफूले राेजेर कसैलाई मन पराइन् भने त्यही लक्ष्मी जस्ती छोरीले इज्जत फालेको मानिन्छ। ती लक्ष्मी जस्ती छोरीलाई विवाह गरेर पठाउन हतार हुन्छ।
विवाह हुनुअघि आफ्नो परिवार र आफन्तहरू बसेर सम्झाउँछन्– ‘तिमी भोलिदेखि अर्को परिवारको सदस्य हुँदै छौ, जति दुःख परेपनि तिमीले हाँसेर परिवार सम्हाल्नुपर्छ र आफू पनि सम्हालिनुपर्छ।’
तर छाेरीलाई बुहारी भएपछि झनै गाह्राे छ। उनले जति गरे पनि समान इज्जत पाउँदिनन्। सिम्रिक रंग खुट्टामा लगाएर आरतीसहित गृहप्रवेश गराइएकी लक्ष्मीसमान बुहारीलाई उनको सानो गल्तीमा समेत उनले माफ पाउँदिनन्न। आगोको ज्वालामुखीजस्तो गाली गलौज गरेर उसलाई घरबाट निकालिन्छ।
'छोराछोरी बराबरी’ भन्ने भनाईमा धेरैको मुखबाट छोरा र छोरी नै भनिन्छ, छोरी र छोरा बराबरी भनिँदैन?
सानो छँदा बाबाले– ‘मेरी छोरीको स्वर सरस्वतीको जस्तो छ’ भनिरहँदा तिनै बाबाले तिम्रो परिवार भनेर पठाएको घरबाट उसलाई निकाल्दा एक शब्द बोल्न पाउँदैनन्।
छोरो महिना दिनसम्म घरमा खबर नगरी बाहिर बसे एकपटक पनि कसैले प्रश्न गर्दैन– ‘किन तिमी नसोधी बाहिर बस्यौ?’ तर छोरी एक रातमात्र बाहिर बसिन् भने उसले जीवनभर उत्तर दिनलाई तयार हुनुपर्छ।
'छोराछोरी बराबरी’ भन्ने भनाईमा धेरैको मुखबाट छोरा र छोरी नै भनिन्छ, छोरी र छोरा बराबरी भनिँदैन?
आज तिमीलाई मायाको खानी र तिम्राे अभिभावक भएर भन्दै छु- 'छोरी तिमी महान छौ। दयावान पनि छौ। तिम्रो वयान भगवानले पनि गर्न सक्दैनन्। म त तिम्री आमा सकारी गुरु। आफू पनि अघि बढ र यो समाजलाई पनि अगाडी बढाउँदै जाउ। नारी दिवसमा यही छ मेरो शुभकामना तिमिलाई।'
लेखिका शान्ता कार्की हाल इजरायलमा छिन्।
प्रतिक्रिया
Ram prasad sapkota
2021-03-08 16:25:53नारि दिवस को सम्पुर्ण नारी हरुलाई शुभकामना । दिदी सारै राम्रो लेख्नु भयो पढ्दा खुशी लाग्यो 🌹🌹