लेटेस्ट न्युज
advertisement1

नेकपा बदर गर्ने सर्वोच्चको फैसला आयोगमा दर्ता

Maryada News 2021-03-07 20:21:12
नेकपा बदर गर्ने सर्वोच्चको फैसला आयोगमा दर्ता

काठमाडौँ : निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आज गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज प्राप्त भएको जानकारी दिए ।     
     
आयोगको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ ।”     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्