काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गजेन्द्र हमाल नेपाली कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । शनिवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डलै यस्तो बताएका हुन् ।
कुनै पनि संघीय संसदको सदस्य नरहेका महाललाई शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरिएको थियो । हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान हुन् ।
हमाललाई प्रधानन्यायाधीश जबराको कोटाबाट मन्त्री बनाइएको आरोप लागेपछि ‘प्रचण्ड’ ले उनी कांग्रेस भएको र कांग्रेसकै तर्फबाट मन्त्री बनेको दाबी गरेका हुन् ।
यस्तै अध्यक्ष प्रचण्डले आगामी चुनावसम्म गठबन्धन बनाएरै अघि बढ्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया