काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: एकपटक लाेडसेडिङ आफूले हटाएकाे दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका हुन् ।
भारतबाट विद्युत आयात गरेर आफूले लाेडसेडिङ हटाएको र अरुले जस लिएकाे उनले आराेप पनि लगाए । उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’
भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने, चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेकाले नै देश लाेडसेडिङ मुक्त भएकाे प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले पटक पटक सार्वजनिक कार्यक्रममा कुलमान घिसिङले नभइ आफूले लाेडसेडिङ हटाएकाे दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया