काठमाडौंः प्रतिनिधिसभा सांसदहरुले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थालेका छन्। सभामुख अग्निप्रसाद सापकोटा, नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, नेकपा नेता देव गुरुङलगायतले खोप लगाइसकेका छन्।
सिभिल हस्पिटल नयाँ बानेश्वर पुगेर उनीहरुसहित अन्य सांसदहरुले पनि खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी, नेकपा सांसद लालबाबु पण्डित, राजबहादुर वुढाले पनि खोप लगाएका छन्।
प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म सङ्घीय संसद्का सबै सांसद तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी छ। आगामी २३ गते संसद बैठक बस्ने भए पछि सरकारले सबै सांसदहरुलाई खोपको व्यवस्था गरेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन्।
हेर्नुहाेस् तस्बिरमाः
प्रतिक्रिया