काठमाडाैंः बङ्गलादेशकाे दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्यतातर्फ प्रस्थान गरेकी छिन्। साेमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारी ५४ सदस्यीय भ्रमण दलसहित बङ्गलादेश प्रस्थान गरेकी हुन्।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका लागि राष्ट्रपति भण्डारीलाई उनका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदले मैत्रिपूर्ण निमन्त्रणा गरेपछि उनी त्यतातर्फ प्रस्थान गरेकी हुन्।
उनलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, मन्त्रीहरू तथा सुरक्षा निकायका अधिकारीहरू त्रिभुवन विमानस्थाल पुगेका थिए।
भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत रहेका छन्।
प्रतिक्रिया