काठमाडौं :सरकारले साउन ३ गते पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यही असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो । त्यस्तै सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
प्रतिक्रिया