विराटनगर : प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राइले ५० जनाको हस्ताक्षर सहित दाबि पेस गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्हरूले राजेन्द्रको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय समेत तय गरिसकेका छन् । यसअघि एमालेका सांसद् भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले सोमबार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेको ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।
प्रतिक्रिया