काठमाडौं : चलचित्र ‘चिसो मान्छे’को छायाङ्कन सुरू भएको छ। दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र सोमबारदेखि ललितपुरको महालक्ष्मी मन्दिरमा शुभसाइत गर्दै छायाङ्कन सुरू भएको हो ।
बाजुरा जिल्लाको ग्रामीण क्षेत्रको परिवेशको कथा समेटेर चलचित्र बन्न लागेको हो । शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ।
चलचित्रको कथाका लागि नायिका स्वस्तिमा खड्काले बाजुराको स्थानीय भाषासमेत सिकेकी थिइन्। चलचित्रमा दीपेन्द्रले निर्देशनसँगै लेखन र छायाङ्कनसमेत गर्ने छन्।
त्यस्तै, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायत कलाकारको अभिनय रहनेछ। समाजिक घटनासँग सम्बन्धित विषयवस्तुमा बन्न लागेको यो चलचचित्रलाई घाममा नखिच्ने दीपेन्द्रको योजना छ। यसअघि नै चलचित्रको प्रदर्शन मिति आउँदो भदौ ११ गतेलाई तय भएको छ।
प्रतिक्रिया