लेटेस्ट न्युज
advertisement1

करिश्मा मानन्धरलाई 'महानायिका' उपाधि

Maryada News 2021-02-09 11:30:19
करिश्मा मानन्धरलाई 'महानायिका' उपाधि

काठमाडौं : राजधानीमा आयोजित आरके इन्टरटेनमेन्टले बीसौं वार्षिकोत्सव अवसरमा करिश्मा मानन्धरलाई महानायिका उपाधि दिएको छ। 

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए। उनलाई हमाललगायतले महानायिका घोषणा गर्दै बधाई दिएका थिए।

नेपाली चलचित्र जगतकी सफल नायिका मानन्धर तीन दशकदेखि फिल्म जगतमा छिन्। करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट डेब्यु गरेकी थिइन्। महानायक राजेश हमालसँग उनको कलाकारिता यात्राले उचाइ पाएको थियो। उनले खेलेका अधिकांश फिल्म सफल भएका छन्। चलचित्र 'बाबुसाहेब'पछि भने उनी अमेरिका बस्दै आएकी थिइन्। तर पछिल्ला केही वर्षदेखि भने उनी पुनः नेपाली फिल्ममा फर्किएकी छन्।  

करिब एक दशकअघि यही समूहले अभिनेता राजेश हमाललाई महानायक उपाधि दिएको थियो। त्यस समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ, गीतकार डा भोला रिजाल, गीतकार मीन सागर लामा लगायत व्यक्तिलाई राष्टिय सम्मान प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्