एजेन्सी- बलिउडकी चर्चित नायिका सन्नी लिओनीलाई २९ लाख भारू ठगीको आरोप लागेको छ। भारतको केरलमा छुट्टी मनाइरहेकी नायिकालाई एकाएक ठगीको आरोप लागेको हो।
केरल क्राइम ब्रान्चले सन्नीलाई यस बारेमा सोधपुछसमेत गरिसकेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। सन्नीले आफूलाई क्राइम ब्रान्चको अघि निर्दाेष भएको दाबी समेत गरेकी छिन्।
एक इभेन्ट कोअर्डिनेटर आर शियास नामका पुरुषले सन्नीमाथि यस्तो आरोप लगाएका हुन्। उनका अनुसार सन्नीले सन् २०१६ मा सम्झौता गरिएको १२ इभेन्टको २९ लाख भारू लिइसकेकी छिन्। यद्यपि उनी ती इभेन्टमा उपस्थित भइनन्।
आर शियासले आफ्नो दाबी सत्य भएको भन्दै पैसा लिएको विभिन्न पत्रसमेत क्राइम ब्रान्चमा बुझाइसकेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। सन्नीले भने यसबारे क्राइम ब्रान्चलाई अलग वयान दिएकी छिन्।
सन्नीका अनुसार उनले १२ वटा इभेन्टको नभइ पाँच वटा इभेन्टकोमात्र पैसा लिएकी छिन्। उनले यो पनि बताएकी छिन् कि इभेन्ट व्यवस्थापकले नै बारम्बार इभेन्टको मिति सार्दै आएकाले आफू नगएकी हो। सन्नीले आजपनि मिति र समय टुंगो लगाएमा आफू इभेन्ट गर्न तयार भएको बताएकी छिन्।
प्रतिक्रिया