काठमाडौं । पुराना एवं सारङ्गीबादक तथा गायक धनबहादुर गायकको सोमबार निधन भएको छ ।
‘यो दाजुको मिर्मिरे आँखा’, ‘बेली र चमेली’ लगायत चर्चित लोकगीत धनबहादुर कै संकलन रहेका गीतहरू हुन् ।
२०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका धनबहादुरको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो ।
उनी उच्च रक्तचापका बिरामी थिए । उनलाई ३ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
चर्चित लोक गायक झलकमान गन्धर्वका भाञ्जा पर्ने धनबहादुर गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।
पछिल्लो समय धनबहादुर नयाँ पुस्तालाई सारंगी सिकाउन व्यस्त थिए ।
प्रतिक्रिया